
धादिङ मंसिर २२ । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलतर्फ आइतबार (आज) लिग चरणको अन्तिम खेल अर्थात फाईनल यात्राका लागि नेपाल र बंगलादेश भिड्दैछन् ।
आज हुने खेलमा बंगलादेशलाई पराजित गरेको खण्डमा नेपाल शीर्षस्थानमा रहँदै फाइनल पुग्नेछ ।
बराबरी भएको खण्डमा दोस्रो स्थानमा रहेर स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । पराजय भोगेको खण्डमा भने नेपाल कास्यमा सिमित हुनेछ । खेल आइतबार साँझ ५ बजे दशरथ रंगशालामा हुने छ ।
अंक तालिकामा भुटान ४ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ । नेपाल ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । समान ३ खेल खेलेको बंगलादेश तेस्रो स्थानमा छ । पूरै ४ खेल खेल्दै २(२ अंकसहित श्रीलंका र माल्दिभ्स अंक तालिकाको पुछारमा छन् ।
नेपालले ४ गोलले हराएको भुटान अन्य टिमलाई हराउँदै फाइनल प्रवेस गरि सकेको छ ।