सागः धादिङका आशिष दुवाडी फाईनल र गणेश प्रधान सेमिफाइनल प्रवेस

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २१, २०७६

धादिङ मंसिर २१ । धादिङका तीन जना बक्सिङ खेलाडीको सहभागिता रहेको १३ औं साग अन्तरगतको बक्सिङ विधाको खेल सुरुभए सँगै धादिङबाट ३ खेलाडी सहभागि भएकोमा २ खेलाडीको विजयी यात्रा सुरुभएको छ ।

पुरुष ९१ केजीभन्दा माथिको तौल समूह तर्फ प्रतिस्पर्धा गर्दै गरेका ज्वालामुखी गाउँपालिका ६ का आशिष दुवाडी बाइ पाएर सोझै फाइनलमा स्थान पक्का गरेका छन् । योसंगै बक्सिङमा नेपालले रजत पक्का गरेको छ ।

यस्तै नेत्रावती डब्जोङ गाउँपालिका थर्पुका गणेश प्रधान बाइ पाएर सेमि फाइनलको यात्रा तय गरि सकेका छन् ।

शुक्रबाटबाट सुरु भएको बक्सिङ खेलमा गंगाजमुना गाउँपालिका बुढाथुमका दिपक श्रेष्ठले ७८ केजी समुहमा चाहि भारतका अंकित खतानासंग तेस्रो राउन्डमा नकआउटको आधारमा सेमि फाइनलमा पराजित भए ।