
धादिङ मंसिर १७ । धादिङका तीन जना बक्सिङ खेलाडीहरु नेपालको प्रतिनिधित्व गर्दै जारी १३ औं सागमा भाग लिँदै छन् ।
स्वर्ण पदक दावेदारको रुपमा नेपालले छनौट गरेको तीन खेलाडीमा धादिङका आशिष दुवाडी, दिपक श्रेष्ठ र गणेश प्रधान रहेका छन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलहरु खेलिसकेका ज्वालामुखी गाउँपालिका ६ का आशिष दुवाडी सुपर हेवी ९१ केजीमा भाग लिँदै छन् भने गंगाजमुना गाउँपालिका बुढाथुमका दिपक श्रेष्ठले ७८ केजी समुहमा प्रतिस्पर्धा गर्दै छन् । यस्तै नेत्रावती डब्जोङ गाउँपालिका थर्पुका गणेश प्रधान ८१ केजी लाईट हेबी समुहमा प्रतिपर्धा गर्दै छन् । यी तीनै जना नेपाल आर्मीको ववक्सिङ खेलाडी हुन् ।
बक्सिङको खेल तालिका मंसिर १९ गते मात्र सार्वजनिक हुने हुँदा कुन समयमा खेल पर्छ भन्न नसक्ने तर हामी नेपालका लागि पदक दिलाउने लक्ष्यका साथ तयारी अवस्थामा रहेको आशिष दुवाडीले धादिङपोष्टलाई बताए ।
धादिङ ज्वालामुखी गाउँपालिका चैनपुरकी सन्तोषी श्रेष्ठ र सिद्धलेक गाउँपालिका नलाङकी सोनी गुरुङले नेपालाका लागि स्वर्ण पदक जिति सकेका छन् भने स्वर्ण पदक कै लागि छनौट भएको नेपालको राष्ट्रि भलिबल टिमले पराजय हुँदा ज्वालामुखि गाउँपालिका मैदीका शरण सामरी पदक विहिन बन्न पुगेका थिए ।


