धादिङ ज्वालामुखिकी सन्तोषीले जितिन स्वर्ण पदक

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १७, २०७६

धादिङ मंसिर १७ । धादिङको ज्वालामुखि गाउँपालिका निवासी सन्तोषी श्रेष्ठले नेपालका लागि स्वर्ण पदक दिलाएकी छिन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा धादिङ ज्वालमुखी गाउँपालिकाकी सन्तोषी श्रेष्ठले नापालको लागि स्वर्ण जितेकी हुन् ।

सन्तोषीले निर्धारित दुरी सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेण्डमा पुरा गरेकी थिईन भने । भारतकी कविता कविताले ३५ मिनेट ०७.९५ को समयमा पार् गरिन् ।

सन्तोषीले भारतिय खेलाडी कवितालाई ०.०१ सेकेण्डले पछाडी पर्दै स्वर्ण पदक जितेकी हुन् ।

साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । सन्तोषीले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी थिइन् ।