१३ औं सागः आज नेपाल सहभागी हुने खेलहरु

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १७, २०७६

धादिङ मंसिर १७ । १३ औं साग खेलकुद महकुम्भ नेपालमा जारी छ । अहिले सम्म स्वर्ण पदकमा नेपाल धेरै अगाडी छ, भने समग्र पदकमा नेपाल र श्रीलङ्का र नेपाल २४-२४ अंकमा छन् ।

यस्तै आज (मंगलबार) हुने खेलहरु:
१. महिला भलिबलः महिला भलिबलको उपाधिका लागि दिउँसो २ बजे त्रिपुरेश्वरको कबर्ड हलमा नेपाल र भारतबीच खेल हुनेछ ।
२. एथ्लेटिक्सः एथ्लेटिक्सको महिला र पुरुषको १५ सय मिटरको फाइनल हुनेछ, सय मिटरको महिला र पुरुषको हिट, ४ सय मिटरको हिट
३.पुरुष क्रिकेटः पुरुष क्रिकेटमा विहान ११ बजे नेपाल र श्रीलंकाबीच खेल हुनेछ ।
४. फुटबलः नेपाल र भुटानबीच दशरथ रंगशालामा दिउँसो १ बजे फुटबल खेल हुनेछ ।
५. कराते: करातेमा मंगलबार ६ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
६. गल्फ: गल्फमा पहिलो राउन्डको खेल सुरु हुनेछ ।
७. तेक्वान्दोः तेक्वान्दोको फाइटको ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
८. टेनिसः टेनिसको टिम इभेन्टको सेमिफाइनल हुनेछ । यस्तै टेवलटेनिसमा पनि मंगलबार प्रतिस्पर्धा जारी रहनेछ।
९. उसुः उसुको प्रतिस्पर्धा पनि मंगलबार सुरु हुनेछ ।

१०. सटपुट: सटपुटमा महिला र पुरुषको स्वर्णका लागि खेल हुनेछ ।