धादिङबेसीमा आँखा महोत्सव, १९१ जनाको शल्याक्रिया

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १६, २०७६

धादिङ मंसिर १६ । धादिङबेसी आँखा अस्पतालमा मोतिया विन्दु भएका १९१ जना आँखाका रोगीहरुले शल्यक्रिया गरेका छन् ।

आईतबार सम्पन्न भएको उक्त ४ दिन सम्म चलेको आखाँ महोत्सवको अवसरमा आयोजित शिविरमा जिल्लाका विभिन्न ठाउँबाट आएका आँखाका बिरामीहरु मध्य १९१ जनाको शल्याक्रिया गरिएको अस्पतालका इन्चार्ज रामसिंङ दाजुलाई ले बताए ।

शिविरमा सहभागिहरुलाई आँखाको सुरक्षा, खानपिन र हेलच्याक्राईले हुन सक्ने दुर्घटना र आँखाको सुरक्षाका विषयमा जानकारी समेत दिईएको इन्चार्ज तामाङले धादिङपोष्टलाई बताए ।(फोटो सौजन्यः आँखा अस्पताल)