सामाजिक रुपान्तरणका लागि सहकारी -डल्लाकोटी

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १५, २०७६

धादिङ मंसिर १५ । बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख पित्त बहादुर डल्लाकोटी (हरि) ले सामाजिक रुपान्तरण सँगै आर्थिक विकासका लागि सहकारीले महत्वपूर्ण भमिका खेलेको बताएका छन् ।

शनिबार सम्पन्न भएको कलश बचत तथा ऋण सहकारी संस्था सहकारी संस्था मलेखुको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख डल्लाकोटीले उक्त कुरा बताएका हुन् ।
समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक विकास र समूहका लागि सहकारीको योगदान उल्लेखनीय रहेकोले बेनिघाट गाउँपालिकाले सहकारीलाई उच्च प्राथमिकतामा राखेको समेत प्रमुख डल्लाकोटीले बताएका थिए ।

साधारण सभामा कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव नवराज पाण्डेले संस्थाका भावी कार्यक्रहरुको आर्थिक प्रतिवेदन र कोषाध्यक्ष कमल बराकोटी आय ब्याय प्रस्तुत गरेका थिए ।

२०७६ असार मसान्त सम्म ६६ जना महिला ४ सय २१ जना पुरुष गरी कुल ७ सय ८७ जना शेयर सदस्य रहेको यस सहकारीको कुल शेयर पुँजी ८२ लाख ५८ हजार ७ सय र ३० लाख ७९ हजार ४ सय ६२ खुद बचत रहेको जानकारी गराईएको थियो ।

अध्यक्ष फुलचन्द श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका प्रमखु हरि डल्लाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । कायर्यक्रमा जिल्ला सहकारी संघका अध्यक्ष टाप बहादुर श्रेष्ठ, बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवी प्रसाद सिलवाल लगायतको आतिथ्यता रहेको थियो