शुभलाभले ल्यायो एनोमल्यी स्क्यान

Avatar photo
Dhadingpost
शनिबार, मंसिर १४, २०७६

धादिङ मंसिर १४ । धादिङबेसी पुछारबजार प्रहरी बीट अगाडी रहेको शुभलाभ पोलिक्लिनिकले जिल्लामा नै पहिलो पटक एनोमल्यी स्क्यान (Anomaly Scan) को सुविधा सुरु गरेको छ ।

गर्भवती महिलाको पेटमा रहेको बच्चाको अवस्था सजिलै र सरल तरिकाले जानकारी लिन सकिने भिडियो एक्स रे (Anomaly Scan) सेवा शुभलाभले धादिङ जिल्ला मै पहिलो पटक सुरुगरेको हो ।

यो भिडियो एक्सरे १८–२२ हप्ताको गर्भाअवधिको समयमा गरिने गर्दछ । जसबाट बच्चाको सम्पूर्ण अवस्थाको बारेमा जानकारी लिन सकिन्छ ।

सुरक्षित गर्भधानका लागि आमा र बच्चा दुबै स्वस्थ हुन जरुरी हुन्छ । सुचना र प्रविधिको उच्चतम प्रयोगको साधन एनोमल्यी स्क्यान (Anomaly Scan) ले यो सबै जानकारी दिने हुँदा यो प्रविधि अत्यन्त लाभदायी रहेको रेडियोलोजिष्ट डा. निरज तिवारीले बताए ।

हरेक शनिबार शुभलाभ पोलिक्लिनिक आउने प्रसुती तथा महिला रोग विशषज्ञ डा. ज्योतीदेव भण्डारीको राय छ, गर्भ रहे देखि कम्तीमा पनि ४ पटक भिडियो एक्स रे गराउनु गर्ने र एकपटक एनोमल्यी स्क्यान (Anomaly Scan) अनिवार्य गराउनु पर्दछ ।

डा. भण्डारीका अनुसार उक्त समयमा एनोमल्यी स्क्यान (Anomaly Scan) गरे गर्भमा रहेको बच्चामा कुनै पनि खराबी छ छैन सजिल्यै पत्ता लगाउन सकिन्छ यदि खराबी नै देखिएको खण्डमा उक्त गर्भ अगाडी नबढाउन सकिन्छ । साथै उक्त खरावी देखिए पश्चात पनि सुरक्षित गर्भपतन गराउन सकिन्छ यस्तो अवस्थालाई नेपाल सरकारले बैधानिकता दिएको छ ।

एनोमाल्यी स्क्यानबाट के के पत्ता लाग्छ ?
१.बच्चाको टाउकोको बनावटः जसमा ठुलो/ सामान्य/ सानो भएको नभएको
२. हातखुट्टाः सामान्य/ असामान्य जस्तै हात खुट्टा जोडिएको, औंलाहरु नछुट्टिएको
३. पेटः कलेजो, मृगौला आदिको वृद्धिविकास
४. मुटुको चाल/अवस्था
५. बच्चाको तौलः गर्भावधि अनुसार तौल भए नभएको
६. जम्मा जुम्ल्याहा (Conjoined Twins) जसमाः कसैको टाउको जोडिएको, कसैको हात जोडिएको, कसैको खुट्टा जोडिएको, कसैको ढाड जोडिएको ।
७. भुर्णको सङ्ख्याः कतिवटा वच्चा छन् भनेर साथै भोलि गएर गर्भमा रहेको बच्चा जन्मदा कुनैपनि खालको अपाङ्गता नहोस भनेर जाँच गरिन्छ ।