धादिङ मंसिर १४ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्तरीय अन्तर आधारभुत तह हाजिरी जवाफ प्रतियोगितामा शङ्खादेवि माध्यामिक विद्यालय मझिमटार प्रथम भएको छ ।
गाउँपालिकाका भित्रका सरकारी तथा गैर सरकारी गरी १९ वटा विद्यालयले भाग लिएको आधारभूत तह तर्फको उक्त प्रतियोगितामा शङ्खादेवी माध्यमिक विद्यालयले १२ अङ्क ल्याउँदै प्रथम भएको हो ।
शुक्रबार सम्पन्न प्रतियोगितामा ११ अङ्कका साथ कालिका आधारभूत विद्यालय मोहरिया द्धितीय, ९ अङ्कका साथ वागेश्वरी माध्यमिक विद्यालय रिचोकटार तृतीय र कालिका माध्यमिक विद्यालय विदाङ सान्त्वना भएको शङ्खादेवी माध्यमिक विद्यालय मझिमटार प्रथम भएको विद्यालयका सहायक प्रधानाध्यापक तिलक चेपाङले धादिङपोष्टलाई बताए ।
प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई वेनिघाट रोराङ गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले पुरस्कार वितरण गरेका थिए ।