बेलायतमा सार्की संघ गठन

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १०, २०७६


लण्डन मंसिर १० । नेपालकोबाट बेलायत गई बसेका सार्की समुदायहरुले सार्की संघ गठन गरेका छन् ।

लण्डन स्थित स्पोर्टस् क्लब हन्स्लोमा सम्पन्न उक्त भेलाले धन बहादुर सार्कीको अध्यक्षतामा सार्की संघ युके गठन गरेका हुन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्णबहादुर नेपाली, महासचिवमा शर्मिला नेपाली, सचिवमा समसेर नेपाली, कोषाध्यक्षमा थमबहादुर रोका, सहकोषाध्यक्षमा किरण नेपाली चयन भए । यस्तै सदस्यहरुमा आशा देवि रोका, धबिन्द्र बौडेल र बुद्धि बहादुर रोका चयन भएका छन् ।