सहकारीको साधारण सभामा रक्तदान

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ८, २०७६

धादिङ मंसिर ८ । धादिङका दुई सहकारीहरु ज्योति महिला विकास बचत तथा ऋण सहकारी र नेत्रावती सहकारी संस्थाको साधारण सभाको अवसरमा ९९ जनाले रक्तदान गरेका छन् ।

ज्योति सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जना र नेत्रावती सहकारीले आयोजना गरेको रक्तदानमा ५४ जना गरि ९९ जनाले शनिबार रक्तदान गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राबिधिक सहयोग रहेको थियो ।