धादिङको छात्रा टिमकाे पहिलाे राष्ट्रिय खेल मंसिर २० मा

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर ५, २०७६

धादिङ मंसिर ५ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयाेजना गरेकाे विद्यालय स्तरीय फुटबल प्रतियाेगिता अन्तरगत जिल्ला र प्रदेश स्तरीय प्रतियाेगितामा प्रथम हुँदै राष्ट्रिय प्रतियाेगितामा छनाैट भएकाे धादिङको छात्रा टिमकाे पहिलाे खेल मंसिर २० गते हुने भएकाे छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेकाे खेल तालिका अनुसार ४ समुहमा ३-३ टिम गरि १२ टिमले सहभागिता जनाउने छन् ।

जसमा धादिङ समुह डी मा परेकाे छ । याे समुहमा धादिङ स्थित आदर्श मावि गजुरी, एकता जेम्स अंग्रेजी स्कुल र प्रदेश ६-७ (छनाैट बाँकी) काे विजेता रहेका छन् ।

प्रदेशमा उत्कृष्ट प्रदर्शन गरे याे पटक राष्ट्रिय उपाधीका लागि धादिङ बलियाे टिम हाे तर विभागिय टिमहरु अार्मी, शसस्त्र र प्रहरीकाे विभागिय छात्रा टिम पनि रहेकाेले खेल अत्यन्त प्रतिस्पर्धा हुने खेल प्रशिक्षक दिपक राना बताए ।

३ नम्बर प्रदेश स्तरीय Kwiks Cup छात्रा फुटबल प्रतियोगितामा धादिङले चितवनकाे विरुद्ध १३ गाेल, दोलखा बिरुद्ध धादिङले ४ गोल र काभ्रेलाई ४ गोलले पराजित गर्दै राष्ट्रिय प्रतियाेगितामा छनाैट भएकाे अखिल नेपाल फुटबल संघ धादिङका महासचिव रामहरी थापाले बताए ।

प्रतियाेगिता मंसिर २०-२७ गते सम्म एन्फा हाउस सातदाेवाटाेमा मा हुने छ ।