नरबहादुर घले
धादिङ मंसिर ५ । ज्यान परदेशमा तनमन ध्यान देशमा समाजसेवी,कलाकार एबंम स्वास्थ्यकर्मी धादिङ बसेरी जन्मिएकी सिता गुरूङ यतिबेला आफैलाई भाेट मागि रहेकी छिन् ।
नेपाल संगित संघ राष्ट्रिय म्युजिक अवार्ड लागि ५ जना भित्र पर्न सफल भए सँगै टप १ काे लागि सीता गुरुङले भाेट मागेकी हुन् ।
भाेट गर्ने तरिका:भोट गर्नको लागी 54D type garne r 38000 मा send गर्नु पर्ने छ ।
सीता गरुङकाे संक्षिप्त परिचय
उनी सानै उमेर देखी महिला हक़हितको लागी अग्रसर थिईन । आफ्नो गाँउठाँउको बिकास र उत्थानको लागी संधै अनवरत रुपमा कोसीस गरी रहने उनी अत्यन्तै जुझारू महिला हुन् । बसेरी क्षेत्रमा उच्च माबि तह सम्म शिक्षा हासिल गर्ने उनी नै प्रथम महिला पनी हुन ।
गाउँमा (छाप स्कूलको नाम जानकारी भएन) क़ेही समय शिक्षिका पनी गरेकी उनी जुन बेला छोरीलाई स्कुल जानु हुदैन । छोरी मान्छे भए, पछि घरको चुलो चौका भान्छा संन्हाल्नु पर्छ । छोरी मान्छेले पढ़ेर के गर्न सक्छ र भन्ने सामाजिक मान्यता थियो ।
त्यति हुंदा हुंदै पनि गाँउ समाजले छोरीले पढ्नु हुंदैन । पढाउनु हुंदैन । भनेर लख काट्दा काट्दै पनि दृढ संकल्प गरेर पुरुष प्रधान समाज संग पौठेजोरी गरेर जसो तसो उच्च मा.बि तह पुरा गरे सगै आफ्नै गाँउको, प्राथमिक बिद्यालयमा पढ़ाऊन थालिन । तब गाउंबासीहरूको सोचाईमा सांच्चै केही परिवर्तन गराउने चेतना आयो ।
त्यति मात्रै नभै सिता गुरूङ्ग ज़िल्लाकै महिला संघका सभापती पदमा समेत उम्मेद्ववारीमा पनी उठिन सुरुवातमा बसेरीमा गाउंमा आमा समूह खडा गरी महिला उत्थानको लागी घरेलु सिप मुलक तालिमहरु दिई गाउंका धेरै महिलाहरूलाई सक्षम र आत्मनिर्भर बनाई स्वास्थ्य सरसफाई लगायत नवशिशु जन्मेपछी कसरी स्याहार सुसर गर्ने जस्ता स्वास्थ्य सम्बन्धी आधारभुत तालीमहरू समेत प्राप्त गर्ने मौक़ा गाउंको महिला समूहले पाएका थिए ।
अमेरिकाको सियाटल सहर वासिङ्गटन डिसी राज्यमा करीब ३० बर्षको उनको बसाईमा ज्यान मात्र अमेरिकामा छ । तर उहाँको तन मन ध्यान आफ्नै जन्मभूमिमा छ । २००६ सालमा आमा लक्ष्मी गुरुङ्गको स्वर्गवास भए लगातै आमाकै समझनामा गिती एल्बम बजारमा ल्याएकी थिईन् । जुँन एल्बममा उनी आंफैले स्वर,लय एबंम शब्द संकल्न रहेको थियो ।
आमा मेरो स्वर्गबास भै गयो
सपनीकी बिपनी झै भै गयो
के गरौ, त खै अर्कै जूनीमा फेरी भेटौलानी है’
बोलको जस्ता धेरै मर्मस्पर्शी गीतहरुले धेरैको दर्शक, श्रोताहरुको मन छोएको छ । हालसम्म सिताकाे आफ्नै सृजनमा मौलीक गित सोरठी, सालैजो, कौडां, ठाडो भाका, लोकगीत आदी बजारमा आई सकेको छ ।
नौलो ठाँउमा डुले हजुर बिदेशमा घुमे
जन्म भूमि नेपालनै ठुलो रहेछ
प्रकृतिको सुन्दर नेपाल हिमाल झल्कायो-
भृकुटी र सीता अनी बुद्ध जन्मायो ।
सुनन दाज़ु भाई रक्षा गरौ ।
जन्मभूमिको सुनन दिदी बहिनी रक्षा गरौ । जन्म भूमिको
उच्च हिमाल सगरमाथा बिश्वभरी टल्किछ
जँहा गएनी नेपाल झल्किनछ
हे परदेशी अब त जाँउ है छिट्टै फ़र्की
घरदेशी मायाको जाल जोबन पर्ख़ी
जस्ता देशभक्ती एबंम मार्मिक गीतहरू बज़ारमा ल्याएर दर्शक श्रोताहरुको मन छुन सफल हुनु भएको छ ।
मनमुटु छुने गीतहरू मध्ये कौड़ा गीत
लुगा धुनी साबुनले
साबुन धुनी पानीले
सुन माया ख्यल होईन साँचों यो माया धुनी के ले हो
यो लाली जोबन दुईदिनको घाँम छाँया
हाँसेर बोलेर बिताउ जोबन है माया ।
यो गीतमा नृत्य संसारभरीका दिदी बहिनी सानो ठुलो सबैले गरेका छन् । यहि लुगा धुनी साबुनले हाल टप फाइब नोमीनेसनमा पर्न सफल भएको हाे । र अत्यधिक भोट दिएर टप एकमा पुऱ्याउन सबैले अनिवार्य रुपमा भोट हालेर गायिका,शिक्षिका एबंम स्वास्थकर्मी सिता गुरुङ्ग ज्युलाई हामीले माया संम्मान र सहयोग गरौ ।
भोट गर्नको लागी 54D type garne r 38000 मा send गरी सीता गुरुङ्ग ज्युलाई नोमिनेशनमा टप बन्न सहयोग गरौ।उंहाले हालसंम्म आफ़नो गीत संगीतबाट आएका रक़महरू सबै समाजका लागी नै दानदिने गरेकी सिताले आफ़्नो आमाको नाँउम बसेरी डाँडागाँउमा प्राथमिक उपचारका लागी सबैको स्वास्थ्यसेवालाई ध्यानमा राखी उनकै पहलमा स्वास्थ्य चौकी संञ्चालनमा आएको छ ।
हाल संम्म अनगिन्ती बिरामीहरूले स्वास्थ्य लाभ लिई सक्नु भएको छ।भने धेरै बालबालिका शिसुहरूको जन्म त्यही स्वास्थ्य चौकीमा भै सकेको छ । जुन स्वास्थ चौकीले धेरै बालबालिक़ा र गर्भवती आमाको ज्यान बचाएको छ । भने उनले केही दिदीबहिनीहरूलाई उच्च शिक्षा हाँसिल ग़र्न पनी सहयोग गरेक़ी छिन नर्स-एच ए जस्ता स्वास्थ्य सम्बन्धी बिषय पढ्न इच्छा भएका तर आर्थिक अवस्था नाज़ुक भएका गरिव एबंम जेहेन्दार विद्यार्थीहरुलाई उनले सहयोग गर्दै आईरहेकी छिन । उनी भन्छिन मैले यसरी सहयोग गर्दा अरुको भबिष्य उज्जवल बन्छ, भने घर परिवारलाई आर्थिक भार पर्न जांदैन । कसैको जिन्दगी बन्छ, कसैको परिवारले सुखको अनुभुति गर्न पाउंछ ।भने सहयोग किन नगर्ने । भगवानले त आँट म पुऱ्याउछु ।
उनले नेपालमा मात्रा नभै अमेरिकामा पनी नेपाली समाजहरुको माझमा एक जुझारु एक अग्रसर व्यक्तिको परिचय पाएकी छिन- खास गरी भन्नुपर्दा उनी नेपाली समाजको पहिलो महिला हुन जसले २०९९ देखी नेपाल सियाटाल सोसाईटीमा लागेर नेपालीहरूको लागी एक भेटघाट गर्ने सुख दुःख साटने चौतारी खड़ा गर्ने त्यस संस्थाको अध्यक्ष भएर नेपाल सियाटाल समाजलाई धेरै उचाई संम्म पुऱ्याउने । हाल उनी आफ्नै जनजाती तमु समाजको नर्थवेस्ट तमु गुरूङ्ग सोसाईटी का संस्थापक अध्यक्ष रहेर काम गरी रहेकी छिन ।
२०१५ सालको भूकम्पले घरबास बिहीन बनाएका बेला उनकै पहलमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरबाट धेरै गाँउ ठाँउमा खाद्यान्न, झूल, सोलर बत्ती, न्यानो लूगा, पाल, औषधी आदी बितरण गरीएको थियो । दुईवटा नमुना घर अर्थब्याग होम र स्वास्थ्य चौकी लगायत स्कूलको पुर्ननिर्माण गराउन उनलेे सहयाेग गरिन् ।