अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २, २०७६

नुवाकोट मंसिर २ । जिल्ला भरि छरिएर रहेका विद्यालयमा क्रिकेट खेललाई विस्तार गरि क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मंसिर १२ गते देखि आदर्श बहुमुखी क्याम्पस बट्टारमा हुने उक्त प्रतियोगिताको आयोजना क्रिकेट संघ नुवाकोटले गरेको हो ।

टिम दर्ता प्रक्रिया सुरु भैसकेको भएता पनि प्रतियोगितामा भाग लिन इच्छुक विद्यालयले मंसिर १० गते सम्म टिम दर्ता गर्न सक्ने आयोजक कमिटिका करण खतिवडाले धादिङपोष्टलाई बताए ।