विजयी तीनै जनालाई बधाई दिईयो

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २८, २०७६

धादिङ कार्तिक २८ । धादिङ जिल्लाको प्रतिनिधित्व गरि नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) महादिवेशमा निर्वाीचत तीनै जनालाई धादिङबेसीमा एक विशेष कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना दिईएको छ ।

महाधिवेशनबाट उपाध्यक्षमा आँखा अस्पतालका धादिङका इन्चार्ज रामसिंह तामाङ केन्द्रिय उपाध्यक्षमा निर्विरोध निर्वाचित थिए । यस्तै खुल्ला सदस्यको चुनावी मैदानबाट उत्कृष्ट मत ल्याई विजयी भएका शिव राना र नीजि तर्फबाट केन्द्रिय सदस्यमा निर्विेरोध निर्वाचित भएका यी तीनै जनालाई नेपाल स्वास्थ्य कर्मी संघ धादिङले बधाई तथा शुभकामना दिएको हो ।

नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) धादिङका अध्यक्ष राजु लोप्पाको सभापतित्वमा भएको उक्त कार्यक्रममा ट्रेडयुनियन काँग्रेस धादिङका भवनाथ अधिकारी, नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष बालकृष्ण नेपाली आतिथ्यता रहेको कार्यक्रमको संचालन रञ्जित सिलवालले गरेका थिए ।

यस अघिको समाचार
धादिङका स्वास्थ्यकर्मी शिव राना विजयी
स्वास्थ्यकर्मी संघको उपाध्यक्ष्यमा रामसिंह तामाङ निर्विरोध