फुलखर्कमा ३९ जनाले मोतियाविन्दुको शल्यक्रिया गराए

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २६, २०७६

धादिङ कार्तिक २६ । धादिङको ग्रमिण क्षेत्र गङ्गा जमूना गाउँपालिका स्थित फुलखर्क भएको तीन दिने नि:शुल्क आखाँ शिविर मा ३९ जनाको आँखाको मोतियाविन्दु शल्यक्रिया गरिएको छ ।

फुलखर्क स्वास्थ्य चौकीमा शुक्रबारदेखि संचालन गरिएको ३ दिने शिविरमा ३८२ जनाको साधरण आँखा चेजाँच र ३९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।

आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका डाक्टर कल्याण ढुङ्गाना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका निर्देशक एवं वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर कमल बहादुर खड्का सहभागि उक्त शिविरमा विरामीलाई कालो चस्मा र खानाको लागि जाउलो निःशुल्क वितरण गरिएको संयोजक नवराज अधिकारीले धादिङपोष्टलाई बताए ।

फुलखर्क कल्याणकारी समाजको आयोजना, नेपाल रेडक्रस सोसाईटी फुलखर्क उपशाखा र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको थियो ।