धादिङ कार्तिक २६ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबि) ले काठमाडौंमा लुकिछिपी बसेका धादिङका सत्र वर्षदेहि कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्लाको खनियाबास गाउँपालिका वडा नं. ३ दार्खाका पर्शुराम तामाङको हत्या गरेको आरोपमा दार्खाको गोम लामा तामाङ र सुकलामा तामाङलाई प्रहरीले पक्राउ गरी सोमबार जिल्ला अदालत धादिङमा पेस गरेको हो ।
उक्त घटनामा संलग्न भएका अन्य ४ जना अभियुक्त अझै फरार रहेको र खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलयले धादिङले जनाएको छ ।