मलेखुमा भारतिय हस्तक्षेप विरुद्ध प्रर्दशन

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २५, २०७६

धादिङ कार्तिक २५ । भारत सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भुमि समेत पारे पनि यतिबेला नेपालमा दिनहुँ जसो भारतिय हस्तक्षेप विरुद्ध प्रदर्शन भैरहेको छ ।

कालाािनी लिपुलेक नेपाल कै भएको भन्दै भारत विरुद्ध आक्रोस पूर्ण प्रदर्श धादिङको मलेखुमा सोमबार भएको छ ।

मलेखु बजारबासीको उक्त भारतिय हस्तक्षेप विरुद्धको प्रदर्शनमा विद्यार्थीहरुले समेत साथ दिएको मलेखुबाट रामहरि थापाले धादिङपोष्टलाई बताए ।

प्रदर्शनको क्रममा भारतिय विस्तारवाद मुर्दावाद, नेपाली भुमि फिर्ता गर, सिमा मिच्न पाईदैन, लिपुलेक र कालापानी हामै हो जस्ता भातर विरोधी नाराहरु लागेका थिए ।