बहुचर्चित झार्लाङको तातोपानी भुकम्प पछि यस्तो

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २४, २०७६

सन्दिप स्याम्चेन तामाङ्
धादिङ कार्तिक २४ ।
उत्तरी धादिङको खनियाबास गाउाँपलिका २ झार्लाङमा रहेको तातो पानी भुकम्प पछि भाग्नबेश अवस्थामा रहेको छ ।

धार्मिक स्थलको रुपमा रहेको यस तातोपानीमा नुहाउदा र यहाँको तातो पानी पिउदा मनमा शान्तीहुने, सोचेको, आटेको र मागेको चिज पूरा हुने जनविश्वस छ ।

शरिरमा विभिन्न किसिमको छाला सम्बन्धि रोगहरु यस ठाउँमा आई नुहाउदा निको हुने, दम, छाहरे रोग, सुगर रोग समेत निको हुने धार्मिक बिस्वास रहेकोले यो ठाउमा मानिसहरु नुहाउन आउने गर्दछन् ।

धादिङको प्राय सबै गाउँ पालिकाको मानिसहरु अनि नुवाकोट, रसुवा,चितवान, मकवानपुर देखि झर्लाङको यस तातोपानीमा आउने गरेको स्थानीयहरु बताउँछन् ।

औसि र पुर्णिामाको दिन नुहाउदा शरीरको लागि लाभ दायक हुने बिस्वास रहेको छ । पहिला दुईवटा धारा थियो अछ्यु भन्दा तातो आउने अत्ता भन्दा अलि चिसो आउने ठाउँ हो यो अहिले त्यो दुइटै धारा भुकम्पले भत्के पछि मुनि झारना छ त्यही झारनामा तातो पानी आउने भएकोले त्यही नुहाएर मानिहरु घर फर्किने गरेको स्थानीयहरु बताउँछन् ।

भुकम्प पछि खनियाबास गाउँपालिकामा धेरै काम भयो तर धार्मिक र पर्यटन संग जोडिएको यस तातोपानी धाराको संरक्षण र प्रवद्र्धनमा कसैको ध्यान गएको छैन ।

झार्लाङको तातो पनि भन्दा दुनियाँले चिन्ने तर गाउँपालिकाले प्रवद्र्धन नगर्ने भैरहेको स्थानीयहरु आक्रोस पोख्छन् । यो ठाउँ सम्म जानको लागि पैदल यात्राको बाटो समेत नरहेकोले भिरै भिरमा जानुपर्ने अवस्था रहेको छ।