किस्पाङमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २१, २०७६

नुवाकोट कार्तिक २१ । नुवाकोटको किस्पाङ गाउँपालिका १ मा बुधबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कग्यु मेन्लाम अदिंंसावादी युवा क्लव नुवाकोटको आयोजना र कान्तिपुर अस्पतालको सहयोगमा कार्तिक १७ देखि १९ सम्म भएको उक्त शिविरमा ६०० भन्दा बढी मानिसहरुले स्वास्थ्य चेक जाँच गराएको नुवाकोटबाट सहकर्मी सेने मोक्तान तामाङले धादिङपोष्टलाई बताए ।

शिविरमा स्वास्थ्य चेकजाँच, हाड जोर्नी, स्त्रीरोग, दाँत लगायतको नि:शुल्क स्वस्थ्य शिविर आयोजना गर्न महत्वपूर्ण सहयोग गरेको भन्दै स्थानीयहरुले पछिल्लो पुस्ताका हास्य कलाकार तथा मेहोन्दो माया गायक बिकल लामालाई सम्मान गरेका थिए । लामाले शिविरका लागि कान्तिपुर डन्टलहस्पिटलका चिकित्सहरुलाई ल्याउन सहयोग गरेका थिए ।