जाडोमा मरिचको फाईदै फाईदा

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ६, २०७६

धादिङ कार्तिक ६ । नेपालमा गत वर्ष भन्दा चाँडो चिसो सुरुभएको छ । जाडोमा मौसममा अदुवा मरिच हालेर पिउने चलन गाउँघर तिर सुरुभै सकेको छ ।

मरिचको धुलो चियामा मात्र हैन तरकारीमा समेत हालेर खाँझा स्वाथ्यका लागि लाभदायी हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । खानेकुरा स्वादिलो बनाउन मात्र हैन मरिच मनतातो पानीमा हालेर पिउँदा आइरनको कमी पूरा हुन्छ र रगत कम हुने समस्या हराउँछ ।

सले पेट, छाला र हाडसँग जोडिएका समस्यामालाई मजबुत गराउछ । मरिचमा म्यागेजिन, भिटामिन के, फलाम, क्याल्सियम, फाइबर र क्रोमियम प्रचुर मात्रामा पाइन्छ । हामिले खाना गराउदा यसको धुलोलाई थोरै प्रयोग गर्दा खाना स्वादिस्ट हुन्छ । यो बेसारसँग मिसाएर नियमित खाँदा क्यान्सर र ग्यास्ट्रिक बाट बच्न सकिन्छ ।

यसलाई तेल सँग तताएर हातखुट्टा शरीरमा लगाएमा आराम मिल्छ यसको सेवन गर्दा रुघाखोकी निको हुन्छ । धुवाँ–धुलो बाट बच्न सकिन्छ । यसको नियमित सेवन गरे छालामासमस्या आउँदैन । र शरीरमा स्फूर्ति बढाउनुका साथै विभिन्न रोग बाट बचाउने काम मरिचको धुलोले गर्दछ ।