
धादिङ असोज २३ । हामी सबैले कर्कलो खाएका छौं । कर्कलोको फाईदाको विषयमा सुनेका त छौ तर कर्कलो के कारणले फाईदा जनक छ भन्ने कुरामा अनविज्ञ हुन सक्छौं ।
कर्कलोमा सल्फर, एमोनिया, नाइँट्राईट, जिङ्क जस्ता अत्यधिक पोषण तत्व हुन्छ । सेपिलो अरु खेति राम्रो नहुने, कृषिको लागि प्रतिकुल मानि फालिएको जग्गामा पनि यो खेती गर्न सकिन्छ ।
कर्कलोमा पाईने धेरै तत्वॊमा क्याल्सियम अक्जालेट पनि एक हो, अक्जालेट प्राय धेरै हरियो साग सब्जीमा हुने गर्छ । कर्कलोमा हुने केल्सियम अक्जालेट क्रिस्टलले गर्दा मनिसलाई कर्कलो कोक्कौने गर्दछ । जब कर्कलो र पिडालु पाकी नकोक्कौने बन्छ तब यो सरिरिलाई हानी गर्ने अक्जालेटको सेफ लेबलमा नष्ट भएको हुन्छ ।
कर्कलो र पिडालुमा कागती वा निबुबाट अमिलो हाल्दा केल्सियम अक्जालेटको क्रिस्टललाई भत्काई दिने काम गर्दछ । कर्कलोलाई हामी गाभा पनि भनेर भन्ने गर्दछौं । यो पकाएर भटेको भटमास हालेर पुन उमाल्दा थप स्वादिष्ट हुने गर्दछ ।
