जुङ्गेखोलामा वेवारिसे शव फेला

Avatar photo
Dhadingpost
भदौ २३, २०७६

धादिङ भाद्र २३ । धादिङको थाँक्रे गाउपालिका वडा नं ७ जुङ्गेखोलामा एक पुरुषको शब फेला परेको छ ।

उक्त शव महेशखोलाले बगाएर ल्याएको हुन सक्ने प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय खानिखोला निरीक्षक रुक बहादुर खड्काका अनुसार शव कुहिएको अवस्थामा भेटिएको हो । उक्त शबलाई पोस्टमार्टमका लागि गजुरी ल्याईएको छ ।