राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धादिङको सूचना

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १७, २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मिति २०७६ श्रावण ५ गतेको निर्णय अनुसार यस धादिङ जिल्लाका भूकम्प पीडितका सम्बन्धमा तपसिल बमोजिम गर्नु गराइनुपर्ने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।

१. मिति २०७६ जेष्ठ मसान्तसम्म निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीमा सूचीकृत भई २०७६ असार २१ गतेसम्म अनुदान सम्झौता नगर्ने र २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरुसँग उल्लेखित सम्झौता गर्ने र किस्ता रकम निकासा गर्ने कार्य स्थगित गरिएको छ ।

२. उल्लेखित बुँदा नं. १ अनुसार छुटेका लाभग्राहीको सूची सम्बन्धित वडा कार्यालयमार्फत् प्रकाशन गरी सार्वजनिक गरिएको छ र लाभग्राहीमध्ये कोही भएमा पर्याप्त र ठोस कारणसहित सम्बन्धित स्थानीय निकायमा निवेदन दिनुपर्नेछ ।

३. जोखिम वर्ग तथा गुनासो सम्बोधनबाट थपिएका लाभग्राहीहरुले २०७६ कार्तिक मसान्तभित्र पहिलो किस्ताको रकम लिइसक्नुपर्नेछ र अन्य लाभग्राहीहरुले अनुदानको दोस्रो किस्ताको रकम मिति २०७६ कार्तिक मसान्तभित्र र तेस्रो किस्ताको रकम मिति २०७६ माघ मसान्तभित्र लिइसक्नुपर्ने गरी समय सीमा तोकिएको छ ।
४. मिति २०७६ जेष्ठ मसान्तपछि लाभग्राही सूचीमा सूचीकृत भएकाहरुको अनुदान सम्झौता गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

५. उल्लेखित बमोजिम हुनेगरी आवश्यक व्यवस्था मिलाउनुहुन सम्बन्धित क्षेत्रका प्राविधिक, वडा र बैंकहरुलाईसमेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
जिल्ला आयोजना कार्यान्वयन इकाई
(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), धादिङ