सेमजोङमा आरुबखडाको जाम बनाउने तालिम दिईयो

Avatar photo
Dhadingpost
सोमवार, असार २, २०७६

धादिङ असार २ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङमा आरुबखडाको जाम बनाउे तालिई दिईएको छ ।

ग्रामीण प्रबद्र्धन केन्द्र नुवाकोटको आयोजना तथा नेत्रावती डबजोङ गाउँ पालिकाको आर्थिक सहयोगमा स्थानीय सेमजोङका दश जना युवाहरुलाई आरुबखडाको जाम बनाउन तीन दिने तालिम दिईएको हो ।

स्थानीय स्तरमै उपलब्ध साधन स्रोतको सदुपयोग गर्दै आर्थिक लाभ बृद्धि गरी रोजगारी बनाउने उद्देश्यका साथ तालिम दिइृएको ग्रामीण प्रबद्र्धन केन्द्र नुवाकोटका अध्यक्ष एवम् सहजकर्ता रामचन्द्र न्यौपाने बताए ।