शिक्षा र खेलकुद, विकासको उर्जा -पूर्व मन्त्री खड्का

Avatar photo
Dhadingpost
जेष्ठ २३, २०७६

धादिङबेसी जेष्ठ २३ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नारायण खड्काले शिक्षा र खेलकुद विकासको उर्जा भएको बताएका छन् ।

धादिङबेसीमा नीलकण्ठ नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप उद्घाटन गर्दै पूर्वमन्त्री खड्काले शिक्षा र खेलकुद विनको विकास अपाङ्ग हुने बताएका हुन् ।

नगर प्रमुख भिमप्रसाद ढुङ्गानाको प्रसंसा गर्दै पूर्वमन्त्री खड्काले भिम ढुङ्गानामा देश हाक्न सक्ने क्षेमता रहेको भन्दै नीलकण्ठ नगरपालिकाको समग्र विकास सँग ढुङ्गानाको क्षेमता जोडिएको बताएका थिए । उनले मुलुकमा कम्युनिष्ट सरकारले अधिनायकवादी रवैया प्रस्तुत गर्न सुरु गरेको बताउँदै मुलुक जटिल संक्रमणमा फस्ने संकेत गरेका थिए ।

यस्तै मेयर कप उद्घाटन कार्यक्रममा शुभकामना दिन पुगेका नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले जनप्रतिनीधि पार्टीको नभएर साझा व्यक्ति भएर प्रस्तुत हुन आग्रह गरेका थिए ।

सरकारले झ्यालका प्वालहरुबाट वजेट विनियोजन गर्ने र केन्द्र तथा प्रदश सदस्यहरुले उक्त वजेट कार्यकर्तालाई मात्र सम्बोधन गर्ने गरेको आरोप लगाउँदै कम्तिमा पनि नेपाली काँग्रेका जनप्रतिनिधिहरु साझा व्यक्तिको रुपमा प्रस्तुत हुन आग्रह गरेका थिए ।

कार्यक्रममा सभापति नगर प्रमुख भिम ढुङ्गानाले खेलकुद विकासका लागि नगरपालिका योजना नै बनाएर अधि बढेको बताएका थिए । हामी खेलाडी उत्पादन गर्न चाहान्छौ खेलले जीवनलाई सुन्दरता मात्र ल्याउँदैन निरोगी रहन समेत सहयोग गर्ने धारणा व्यक्त गरेका थिए ।

नीलकण्ठ नगरपालिकाको आयोजना तथा धादिङबेसी स्थित न्यू किबो बोर्डिङको व्यवस्थापनमा सुरु भएको फुटबल तर्फको विजेताले पुरस्कार १ लाख ५ हजार र उप विजेताले ५० हजार छन् भने भलिबल तर्फ छात्रा र छात्र दुबै तर्फ प्रथम ४० हजार, द्वितिय ३० हजार, तृतिय २० हजार र सान्तोना १० हजार पुरस्कार पाउने खेल संयोजक विकास कोईरालाले धादिङपोष्टलाई बताए ।

कोहि खेल्नै नपाउने कोही नियम बाहिरका खेलाडी ल्याउने

छात्रा तर्फ खल्न पाउनु पर्ने दावी सहित आएको कालिदेवि आधारभुत विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा भाग लिन नपाउँदा खिन्न भएर फर्किए ।
नीलकण्ठ नगरपालिका शिक्षा इकाई प्रमुख केदार ढकालले आधारभुत विद्यालयमा अध्ययन रत विद्यार्थीले प्रतियोगितामा भाग लिन नपाउने भने पनि १८ वर्ष भन्दा तलका विद्यार्थीले भाग लि पाउने भनिएकाले आएका थियौ तर खेल्न नदिईएका शिक्षक सन्दिप थापामगरले बताए ।

कालिका आधारभुत विद्यालय खाल्टे कक्षा ८ मा अध्ययनरत रोजिना बराम प्रदेश विद्यालय स्तरीय प्रतियोगितामा सहभागि भैसेकी छात्रा हुन् । ठुला कक्षाका विद्यार्थीहरु सँग साना कक्षाका विद्यार्थी खेल्छु भन्दा नदिनु नियम संगत नभएको दवी समेत शिक्षक थापामगरले गरेका छन् ।

यस्तै ज्यामरुङ स्थित वरपीपल माविलाई उमेर हदबन्दी सँगै विद्यालयमा हाल पढ्दै नपढेको विद्यार्थीलाई खेलमा सहभागि गराईएको उजुरी आयोजकमा परेपछि अवश्यक कागजात पेस गर्न वरपीपल माविलाई आग्रह गरिएको न्यू किबो बोर्डिङका प्रिन्सिपल प्रयास रेग्मीले बताए ।

प्रतियोगिताको पहिलो दिनको खेलमा

फुटबल तर्फ

छ्योइलिङ युवा क्लव सेल्लेले पराजित गरे सँगै न्यू किबो बोर्डिङ प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै दोस्रो खेलमा डुब्चे युवा क्लव सेमजोङले सुप्रेम युवा क्लवलाई प्रतियोगिता बाटै आउट गरिदिएको छ । तेस्रो खेलमा साङ्कोस युवा क्लवले देउराली माविलाई हराएउँदै खेलबाट आउट गरेको थियो । पहिलो दिनको अन्तिम खेलमा एड्भान्स एकेडेमीले चमेरे युवा क्लवलाई हराएको थियो ।