कान्छा प्रधानाध्यापक बेग बहादुर तामाङ

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ८, २०७६

धादिङ, जेष्ठ ८ । नेत्रावती डब्जोङ गाउँपालिका अन्तरगत चौतारा माध्यमिक विद्यालय सेमजोङका प्रधानाध्यपक बेग बहादुर तामाङ धादिङ जिल्लामा नै कान्छा प्रधानाध्यापक बनेका छन् ।

आन्तरकि तथा वाह्य पर्यटकको राम्रो गन्तव्यका रुपमा हेरिएको सेमजोङको एक मात्र माध्यामिक विद्यालय चौतारा माध्यामिक बिध्यालयमा जिल्लामा नै कान्छा उमेरका प्रध्यानाध्यापक बेग बहादुर तामाङ बनेका हुन् ।

वि. स. ०६३ सालमा एसएलसी पास गरेका बेग बहादुर तामाङले ०७१ सालमा निमासीको स्थायी नियुक्ती लिएका थिए । त्यस सँगै शिक्षण पेशामा जमेका उनी अहिले २८ वर्षका भए ।

केहि दिन अघि मात्र नीलकण्ठ नगरपालिका साँङ्कोस मावि बाट सरुवा भएर चौतारा मावि सेम्जोङ पुगेका उनी विद्यालय ब्यबस्थापन समितिको सर्वसहमत निर्णयबाट प्रधानाध्यापक बनेका हुन् ।