धादिङ रुबीभ्याली जेष्ठ ६ । धादिङको रुबीभ्याली गाउँपालिका वडा नंं. ३ खार्साका बिश्वकर्माहरुलााई कृषि औजार बनाउन तालिम दिईएकाे छ ।
खार्सा बिश्वकर्मा टोलमा रहेर बालीघरेमा काम गर्दै आएका २५ जना विश्वकर्माहरुलाई १० दिने तालिम दिईएकाे हाे ।
घरेलु तथा साना उध्योग बिकास समिति धादिङको आयोजना र दलित सशक्तीकरण संघ धादिङ नेपालको व्यवस्थापनमा
भएको उक्त तालिम आईतबार एक कार्यक्रमका बीच समापन गरिएकाे थियाे ।
समापन कार्यक्रमका प्रमुख अतिथि दलित आन्दाेलनका अगुवा गाेपाल विश्वकर्माले तालिममा सहभागीहरुलाई अब बालिघरेबाट माथि उठेर व्यवसायीक ढंगले उद्योगकाे रुपमा औजार निर्माण तथा बिक्री गर्न आग्रह गरेका थिए ।
तालिममा सहभागीहरुले “हामी जन्मे देखि अहिलेसम्म येस्तो आधुनिक मेसिनबाट औजार निर्माण त के देखेका समेत थिएनाै । थाेरै बल र धेरै र छिटाे औजार निर्माणकाे ज्ञान दिने घरेलु बिकास समिति र दलित सशक्तीकरण संघ धादिङ्लाइ धन्यवाद दिएका थिए ।
कार्यक्रम सन्चलक-चैन किशोर राउत घरेलु,कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष कामीलाल तामाङकाे अध्यक्षतामा भएकाे तालिम समापन कार्यक्रमकाे प्रमुख आतिथ्यता गोपाल बिश्वकर्मा, विशेष आतिथ्याता अर्जुन ग्वाली घरेलु, प्रशिक्षक सुर्यमान बि.क काे रहेकाे थियाे ।