नेकपा धादिङका अध्यक्ष त्रिपाठीको पहिलो कार्यक्रम जेष्ठ ३ गते

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ३०, २०७६

धादिङ बैशाख ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका पहिलो अध्यक्ष भुमिप्रसाद त्रिपाठीले पहिलो कार्यक्रमका लागि पत्रचार गरेका छन् ।

संघीय संसदका सदस्य समेत रहेका भुमिप्रसाद त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङको अध्यक्ष बने सँगै पहिलो कार्यक्रम जेष्ठ ३ गते गर्ने भएका हुन् ।

धादिङबेसी स्थित मदन-आश्रित भवन (पार्टी) कार्यलयमा हुने कार्यक्रमको पत्रचार गर्दै त्रिपाठीले २६ औं मदन-आश्रित दिवस कार्यक्रमको आयोजना गरिएको बताएका हुन् ।

२०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप रहस्यमय दुर्घटनामा मदन आश्रितको निधन भएको थियो । उक्त घटना घटेको २६ वर्ष पुरा हुने दिन जेष्ठ ३ गते दुई ठुला पार्टीहरु मिलेर बनेको नेकपाले धादिङबेसीमा भव्य रुपमा मदन-आश्रित दिवस मनाउने तयारी गरेको छ ।