विप्लव निकट अखिल क्रान्तिकारी धादिङले झुन्ड्यायाे कालाे व्यानर

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २९, २०७६

धादिङ वैशाख २९ । सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) धादिङले आज दिउसाे धादिङ बेसीमा रहेका विभिन्न शैक्षिक केन्द्रहरुमा कालाे व्यानरका लेखिएकाे नारा झुन्ड्याएकाे छ ।

क्रान्तिकारीका जिल्ला अध्यक्ष अर्पण तामाङकाे नेतृत्वमा धादिङबेसी पुगेका विद्यार्थी नेताहरुले जिल्ला शिक्षा विकास तथा समन्वय इकाई धादिङको कार्यालय मुलगेटमा शैक्षिक नारा लेखिएको कालाे ब्यानर झुन्ड्याएका हुन् ।

यस्तै उनीहरुले आजै प्याब्सन धादिङ र एन प्याब्सनकाे अफिसमा समेत कालाे व्यानर झुन्ड्याएका छन् ।

उनीहरुले झुन्ड्याएकाे कालाे व्यानरमा लेखिएको छ ।