धादिङ बैशाख १७ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले एक समारोहका बीच आफ्नो विद्यालयको १४ औं वार्षिक दिवस मनाएको छ ।
२०६३ जनआन्दोलन सँगै वैशाख १७ गते स्थापना भएको एड्भान्स एकेडेमी अहिले जिल्लाका नाम चलेका निजी विद्यालय भित्र पर्दछ ।
जिल्लाका शिक्षा क्षेत्रका अग्रजहरु डा. नवीनबन्धु पहाडी, ध्रुव अधिकारी, मोहन बहादुर कँडेल, रमेश अधिकारी, विष्णु प्रसाद कोइराला, सहित सामाजिक अभियान्ता अर्जुन कुमार श्रेष्ठ गार्खालीको संस्थापन संयोजकत्वमा सुरुभएको यस विद्यालयमा अहिले प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकी प्रिन्सिपल छन् ।
तात्कालिन समयमा दण्ड रहित घरायसी वातावरणमा मन्टेश्वरी पद्धतिबाट अध्यापन गराउने पहिलो विद्यालयको रुपमा परिचित एड्भान्स एकेडेमीले आज १४ औं विद्यालय वार्षिक उत्सव भव्य कार्यक्रमका साथ मनाएको छ ।
२०६४ मा नर्सरी देखि कक्षा ५ सम्मको पढाई संचालन गर्दा विद्यार्थी जम्मा १ सय ८६ र १५ जना स्टाफ थिए । धादिङबेसीमा अन्य निजी विद्यालयको प्रतिस्पर्धाको बीचमा हुर्किएको एड्भान्स एकेडेमीमा फरक शैलि, बालमैत्रि पठनपाठनको शैलिले गर्दा बजारबासीहरुको रुचाईएको निजी विद्यालयको रुपमा स्थापित भयो । यो सँगै ०६६ सालमा आउँदा कक्षा १० समेत संचालन गरि सकेको थियौ, विद्यालय वार्षिक उत्सव कार्यक्रममा प्रिन्सिपल बुढाथोकीले बताए ।
विद्यालयको प्रगतिको समिक्षा गर्दै प्रिन्सिपल बुढाथोकीले भने, २०७१ सालमा सुजता पोखरेल ९१.५५ सहित जिल्ला द्वितीय, २०७२ सालमा मुना पौडेल SEE मा जिल्ला प्रथम, २०७४ सालमा हरिविशाल कोइराला जिल्ला द्वितीय, हाल विद्यालय अतिरिक्त कृयाकलाप र खेलकुदमा जिल्लाको अब्बल स्थानमा रहेको छ ।
विद्यालय वार्षिक उत्सवको कार्यक्रममा अभिभावक तथा शैक्षिक अभियान्तहरुलाई शुभकामना दिदैं बुढाथोकीले भने हामी माल मैत्रि शिक्षा, विश्वव्यापी शिक्षण विधि अपनाई रहेको दावी समेत गरेका थिए ।
कानुनी तह सहित कक्षा १२ सम्म कक्षा संचालन गरेको यस विद्यालयमा अहिले ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने, ५६ जना शिक्षकहरु रहेको एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठले बताए ।
कार्यक्रममा विद्यालयको विभिन्न कार्यक्रम, वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो ।