धादिङ प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १६, २०७६

धादिङ बैशाख १६ । धादिङ प्रहरी कार्यालयले पक्राउ गरेको फरार अभियुक्तलाई सार्वजनिक गरेको छ ।

अदालतले ज्यान मारेको आरोपमा २० वर्ष कैद सजाय फैसला सुनाईएका रुविभ्याली गाउँपालिका २ तिप्लिङ कामी गाउँबाट बमबहादुर बि. क. र रुबिभ्याली गाउँपालिका २ बस्ने हेम डल्ला बि.क. लाई प्रहरीले गते रसुवाको आमा छोदुङमो गाउँपालिका ५ प्राजुङबाट आईतबार पक्राउ गरेको थियो । यस्तै सोहि स्थान बस्ने सार्की बि.क. लाई बुधबार प्रहरीले काठमाडौ गौशालाबाट पक्राउ गरेको थियो ।

२०६३ साल कार्तिक ८ गते राती अन्दाजी ८ बजे तिप्लिङ चिमडाँडामा लगी देव बहादुर बि.क. जलाई मारेको अभियोगमा अदालतबाट कैद सजाय फैसला भएका अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

उक्त घटनाका अन्य अभियुक्तहरु रुविभ्याली गाउँपालिका २ तिप्लिङ कामी गाउँकै २८ बर्षीय कालु बि. क. लाई २० बर्ष कैद गरीएको तर निजको २ बर्ष अगाडीनै मृत्यु भई सकेको भन्ने खबर आएकाले थप अनुसन्धान कार्य भईरहेको प्रमुख राजकुमार बैदवार बताए ।

हत्यामा संलग्न मध्ये २०६४ भदौ ११ गते पक्राउ परेका रुविभ्याली गाउँपालिका २ तिप्लिङ कामी गाउँका ४५ बर्षीय पुर्ण बहादुर बि।कलाई १० बर्ष कैद र २०७३ जेठ ३ गते सोहि स्थानका ३१ बर्षीय मंगले कामी भन्ने डिल बहादुर बि.क. लाई पक्राउ गरी २ बर्ष कैद सजाय दिएको प्रहरीले जनाएको छ । त्यसैगरी हत्यामा संलग्न भनिएका सोहि ठाँउका प्रतिवादीहरु अमृता बि.क.र पंचमाया बि.क.ले अदालतबाट सफाई पाएको प्रहरीले जनाएको छ ।