धादिङ चैत्र २२ । जिल्ला प्रहरी कार्यालय धादिङ धादिङको खनियाँबास गाउँपालिकाका स्थानियले बुझाएकाको १६ थान भरुवा बन्दुक सार्वजनिक गरेको छ ।
अवैध हातहतियार र खरखजाना बुझाउन सरकारले सूचना जारी गरे सँगै चैत्र २० र २१ गते २ दिनमा खनियाबासका १६ जनाले एक\एक थान भरुवा बन्दुक बुझाएका थिए उक्त बन्दुक प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको नेतृत्वमा प्र.उ. राजकुमार बैदवार‚ उपअनुसन्धान निर्देशक सुदिप अधिकारी‚ सशस्त्र प्रहरी नयाव उपरिक्षक दर्शन गिरी सहितको टोली हतियार संकलनको लागि २० र २१ गते खनियाबासमा पुगेर सार्वजनिक सुनुवाई गरेका थिए उक्त सार्वजनिक सूनुवाई पछि स्थानियहरुले भरुवा बन्दुक प्रहरीलाई बुझाएका थिए ।