धादिङ, चैत १७ । धादिङको ज्वालामुखी गाउँपालिका ३ मैदीका कृष्ण बहादुर सेडाई यतिबेला मृत्यूको दोसाँधमा छन् ।
विगत २ वर्षदेखि उनी दुबै मृगौला फेल भएर अस्पतालमा छटपटाई रहेका सेढाईको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा कठिनाई परि रहेको छ ।
राष्ट्रिय मृगौला उपचार केन्द्रमा उपचाररत उनी नयाँ जीवन पाउने झिनो आश बोकेर बसिरहेका छन् ।
२ वर्षदेखि अस्पतालको बेड समातेर बसेका सेडाईको उपचारमा अहिले आर्थिक अभाव चुलिएको छ । आर्थिक अवस्था कमजोर भएका उनलाई आफ्नै उपचारमा भए जति सम्पत्तीले आज सम्मको उपचार गरे । अबको कसरी उपचार अघि बढाउने भन्ने अर्को चिन्ता थपिएको छ ।
ज्वालामुखी गाउँपालिकाको कार्यलयले राष्ट्रिय मृगौला उपचार केन्द्रमा सिफारिस गरिदिएपछि उनी केन्द्रमा पुगेका हुन् ।
केन्द्रमा डाईलासिसको लागि पैसा नलागे पनि निको हुन मृगौला नै फेर्नुपर्ने भएको छ मृगौला दान गर्ने आफन्त पनि भेटाएका छन् उनले तर आर्थिक अभावका कारण प्रक्रिया अगाडी बढाउन नसकेको उनले बताए ।
भनिन्छ थोपा थोपा मिलेर समुन्द्र बन्नेछ । कसैको सानो सहयोगले पनि सेढाईँले नयाँ जीवन पाउने भएकोले उनलाई सहयोग गर्न चाहनेहरुले कृष्णबहादुर सेडाईँको सानिमा बैंकको एकान्तकुना खाता नम्बर ०२८०११०६००००४५१.मा पैसा जम्मा गर्न या कृष्णबहादुलाई सिधै ९८६८१३६४६२ मा फोन गर्न सकिनेछ ।