धादिङको पहिलो र उत्कृष्ट सिपी कलेज -प्रिन्सिपल श्रेष्ठ

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ८, २०७५

धादिङ चैत्र ८ । धादिङ जिल्लाको पहिलो कलेज सिपी र उत्कृष्ट कलेपनि सिपी नै रहेको सिपी कलेज धादिङका प्रिन्सिपल शष्टि कुमार श्रेष्ठले बताएका छन् ।

सिपी कलेजमा विविएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले कलेजका अध्यक्ष शान्त विक्रम बानियाँ प्याब्सनको केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएको र कलेजबाट बिधाईको अवसरमा आयोजित कार्यक्रममा प्रिन्सिपल श्रेष्ठले यस्तो बताएका हुन् ।

प्रिन्सिपल श्रेष्ठले ०६७ सालमा स्थापना गरिएको सिपी कलेजले हरेक साल उत्कृष्ट नतिजा निकाल्दै आएको र चैत्र १९ गते देखि हुने विविएस चौथो वर्षको परिक्षामा सहभागि रहने विद्यार्थीले पनि सिपी कलेजको विगतको ईतिहासलाई उच्च राख्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।

कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष शान्त विक्रम बानिँया, प्याब्सन केन्द्रका प्राज्ञिक सल्लाहकार राजकुमार महर्जन कलेजका शिक्षकहरुको उपस्थिति रहेको थियो ।