धादिङ चैत्र ७ । धादिङबेसी स्थित बीचबजार क्याम्पस चोक नजिकै प्रविधि युक्त देन्तोकेयर नेपाल डेन्टल क्लिनिक संचालनमा आएको छ ।
दाँत तथा मुख रोगका चिकित्सक डाक्टर तोकबहादुर गुरुङले आज देखि बीचबजार एनआईसि एशिया बैंक सँगैको घरमा डेन्टल क्लिनिक सुभारम्भ गरेका हुन् ।
हामीले आधुनिक औजारहरु प्रयोग गरेर सस्तो र गुणस्तरीय सेवा गर्ने उद्धेश्यका साथ डेन्टल क्लिनिक संचालनमा ल्याएका हौं, क्लिनिक उद्घाटन कार्यक्रममा डाक्टर तोकबहादुर गुरुङले बताए ।
डा. गुरुङका अनुसार देन्तोकेयर नेपाल डेन्टल क्लिनिकमा दाँत तथा मुखमा रहेको रोग पत्ता लगाउने र उपचार गर्ने, दाँत सफा गर्ने, दाँत भर्ने, बच्चाहरुको दाँत किरा नलाग्ने औषधी लगाउने, कृतिम दाँत बनाउँने र लगाउँने, काम नलाग्ने दाँत उखेल्ने, ऐक्सर गर्ने व्यवस्था रहेको छ ।
डा. गुरुङका अनुसार हरेक दिन बिहान ८ बजे देखि साँझ ७ बजे सम्म क्लिनिक खुल्ला रहने छ । क्लिनिक उद्घाटन कार्यक्रमममा सहिद मेमोरियल अस्पताल धादिङबेसीका डा. रामचन्द्र रिजाल, स्वास्थ्य कर्मीहरुको आतिथ्यता रहेको थियो ।