धुनिबेसी अंग्रेजी माविले २४ औं अभिभावक दिवस मनायो

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ३, २०७५

धादिङ चैत्र ३ । धुनिबेसी नगरपालिकामा रहेको धुनिबेसी अंग्रेजी आवासीय माध्यामिक विद्यालयले विविध कार्यक्रममा साथ २४ औं अभिभावक दिवस मनाएको छ ।

धादिङ क्षेत्र नं. १ का संघीय सांसद भुमिप्रसाद त्रिपाठीको प्रमुख आतिथ्यतामा विविध मनोरन्जनात्कम कार्यक्रमका बीच शनिबार यस विद्यालयले आफ्नो २४ औं अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै संघीय सांसद भुमिप्रसाद त्रिपाठीले शिक्षामा समान पहुच, गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएका थिए । आर्थिक समृद्धि सँग राज्यले शिक्षालाई जोडेको बताउँदै गुणस्तरीय शिक्षा सँगै व्यवहारिक शिक्षा आजको आवश्यकता बनेको बताएका थिए ।

नेकपाका नेता नेत्रप्रसाद पौडेलले धुनिबेसी नगरपालिकामा रहेर शैक्षिक सुधारको लागि धुनिबेसी अंग्रेजी आवासीय माध्यामिक विद्यालयले महत्वपूर्ण भुमिका खेल्दै आएको बताएका थिए ।

यस्तै कार्यक्रममा विशेष अतिथ एवम् प्यब्सन केन्द्रिय उपाध्यक्ष शान्तविक्रम बानियाँले गुणस्तरीय शिक्षा निजी विद्यालयले नै दिई रहेको छ, हामी नेपालमा मात्र हैन विश्वमा नै प्रतिस्पर्धा गर्ने शैक्षिक विधिहरु अवलम्बन गरि रहेका छौ, शैक्षिक गुणस्तरमा चिन्ता नगर्न कार्यक्रममा उपस्थित अभिभावकहरुलाई आग्रह गरेका थिए ।

यस्तै प्यब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीले शैक्षिक सुधारका लागि केहि तक्का नीजि विद्यालय बन्द गराउँनु पर्छ भन्ने अभियानमा लागेका छन् ? नीजि विद्यालयको विरोध गरेर सस्तो लोकप्रियता कमाउनु भन्दा नीजि विद्यालयको जस्तै गुणस्तर सरकारी विद्यालयको हुन आवश्यक रहेको बताएका थिए । एउटा नीजि विद्यालयले १० वटा सरकारी विद्यालयलाई शैक्षिक सुधारका लागि सहयोग गर्न तयार रहेको बताउँदै शैक्षिक सुधार मिलेरै गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै कार्यक्रममा नेकपा नेता दिपक लामिछाने, अभिावकरुको प्रतिनीधित्व गर्दै सुरेश आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विगत ८ वर्ष देखि कक्षा १२ सम्म कक्षा संचालन गरेको यस विद्यालय संचालक समितिका अध्यक्ष केदार पाठकको सभापतित्वमा भएको उक्त अभिभावक दिवसमा विद्यार्थीहरुले विभिन्ना भाषा भाषी, रिति रिवाज झल्कने गित तथा नृत्य प्रस्तुत गरेका थिए ।