स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनको लागि क्षमता अभिबृद्घि तालीम सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ३०, २०७५

धादिङ फागुन ३० । गजुरी गाउँपालिकाको स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति पदाधिकारीको क्षमता अभिबृद्घि तालीम सम्पन्न हालै सम्पन्न भएको छ ।

पिडा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र मिजारको अध्यक्षतामा स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागीतामा सम्पन्न भएको हो ।

यूएमएनको साझेदारीमा प्रयास नेपाल धादिङले संचालन गरेको बाल केन्द्रित सामुदायिक विकास कार्यक्रमको व्यवस्थापनमा २ दिन सम्म संचालन भएको थियो ।

तालिममा स्वास्थ्य सेवामा गाउँपालिका तथा नगरपालिकको एकल र प्रदेशसंगको साझा अधिकार, स्थानीय स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिको कार्यक्षेत्र काम कर्तव्य र जिम्मेवारी, समितिको कामकाजमा देखिएका, समस्या तथा समाधानका उपायहरु, आकस्मिक स्वास्थ्य सेवाको अर्थ र महत्व, प्रेषण व्यवस्थापनको परिचय, प्रणाली विकासमा गरिएका प्रयासहरु, आवश्यकता र महत्व लगायतका बिषयमा छलफल भएको प्रयास नेपालका कार्यक्रम संयोजक बद्रीनाथ शर्माले जानकारी गराएका थिए ।

तालिममा स्थानीय स्रोतहरु के के हुन सक्छन् ? स्थानीय स्रोत साधनहरुको सूचि, औषधि औजार ब्यवस्थापन, आवश्यकता अनुमान, खरिद प्रकिृया, भण्डारण र बितरण, मानव संसाधन ब्यबस्थापन, खानेपानी र सरसफाइ, परिचय, आवश्यकता र महत्व, सुशासनका सुनिश्चितता गर्ने, विधिहरु, समस्या पहिचान, प्राथमिकता निर्धारण, योजनाको कार्यान्वयन र जिम्मेवारी कस्को र कहिले, वैठक संचालन प्रक्रिया, वैठक माइनुटको, महत्व अभिलेख तरिका र जिम्मेवारीका बारेमा गजुरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख डा.रामहरि रेग्मीले सहजिकरण गरेेेेका थिए ।

यसैगरी बेनिघाटरोराङ गाउँपालिका महादेवस्थान स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष टंक थापाको अध्यक्षतामा बेनिघाटरोराङ गाउँपालिका स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागीतामा सम्पन्न भएको थियाे ।

बेनिघाटरोराङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधुसुदन खड्काले सहजिकरण गरेका प्रयास नेपालका सहजकर्ता सुरज श्रेष्ठले जानकारी दिए ।