रानीपोखरी मन्दिरको जगको बहुमुल्य वस्तु चोरी

Avatar photo
Dhadingpost
आइतवार, माघ ६, २०७५

Nanda Prasad Kapri
म रानी पोखरी मा अबस्थित भुकम्प पछि को मन्दिर पुनर्निर्माण को अबस्था कुन अबस्था मा पुगेछ भनी निरिक्षण / हेर्न पुगेको थिए। मैले जे देखे, त्यो आफै तस्बिर बोल्दछ । मन्दिर निर्माण गर्ने ठेकेदार ले गरेको लापर्वाइ देखेर दुख लाग्यो ।

रानी पोखरी वरिपरी बन्दुक बोकेर सुरक्षा गरेका सुरक्षा कर्मी लाइ सोद्दा, उनिहरुको जवाफ थियो कि ठेकेदारका मान्छेले मन्दिर बनाउन जग खनेका भन्थे । सबै हामिलाइ थाहा भयन ।

अब जनता ले जवाफ को सङग खोज्ने? मन्दिर को दक्षिण तर्फको भाग 12 मिटर गहिरो किन खनियो ।केका लागी खनियो । त्यहा ठेकेदारको मात्र मिले मतो छ या उसलाइ ठुला माछाको पनि समर्थन छ ।

मन्दिर निर्माण क्रम मा मन्दिरको जगमा राखियको पुरा तात्विक महत्व को बहुमुल्य बस्तुको तस्करी भयको सहजै अनुमान गर्न सकिने उक्त हर्कत का बिसयमा केपि ओलि नेतृत्वको सरकार मुख दर्सक किन बन्दै छ या उसलाइ यो बिसय जानाकारी छैन ? यो सरकार ले तुरुन्त आखा खोलोस कि 3 बर्स भयो भुकम्प गयको आज काठमाण्डौको मुटुमा रहेको यो मन्दिएको किन यो गति छ ।

अझै पुरातात्विक महत्व का बहुमुल्य बस्तु तस्करी गर्न यो सरकार लालायित छ ? जनता जागौ, उठौ, र यो सरकारको खबर्दारी गरौ । ओलिको भासणमा पुनर्निर्माणले सफलता पायो भन्ने कि, यो सरकार पुरातात्विक सम्पदा मास्दै छ के हो ? नेपाली सस्कृतीको तोड मोड गरेर सम्बृद्द नेपाल बन्न सक्छ ? होलि वाइन सेचन गर्नेको खबरदारीको अरु बिकल्प हुन सक्दैन ।