सिद्धलेक काम्राङमा परिवर्तनको शुरुवात

Avatar photo
Dhadingpost
शनिबार, माघ ५, २०७५

धादिङ माघ ५ । भोकालाई एकछाक खाना होइन जीवन जिउने जुक्ति पनि सिकाउँ भन्ने मुल उक्ति सहित सिद्धलेक सानाकिसान सवलिकरण परियोजना अन्तरगगत संचालित ४ दिने आधारसिला तालिम पछि समुदाय तहमा सकारात्मक परिवर्तनको शुरुवात भएको छ ।

महिला समूह, बाल समुहका सदस्यहरुको सक्रियतामा गाउँ घर, चोक, सडकमा रहेका प्लास्टिक जन्य अन्य फोहोर संकलन र उचित व्यवस्थापन गरेको समुहकी अध्यक्ष मनमाया घलेले बताईन् ।

४ दिनसम्म सञ्चालन भएको तालिममा नेतृत्व बिकास, सकारात्मक सोच, आधारशीलाहरु उपहार प्रदान, उत्तरदायित्व, बाडिचुडी उपभोग, वातावरण प्रतिको चासो, पुर्णसह भागिता, लगायत, व्यवस्थित खोर निर्माण, बाख्रापालन र आयआर्जन वृद्धिका विषयमा छलफल गरिएको थियो ।

वातावरण सरसफाइ सम्बन्धि जानकारी पछि गाउँलाई सफा बनाउन सबै मिलेर अभियान संचालन समेत गरिएको मुक्तिनाथ बाल समुह अध्यक्ष रेश्मा परियारले बताईन् ।

शनिबार प्लेकार्ड, व्यानर सहित काम्राङ गाउँ सरसफाई र खुल्ला पशुचरण बन्द गर्ने र नियमित सरसफाइ गर्ने प्रतिबद्धता समेत पारित गरेको प्रयास नेपालका सामुदायिक सहजकर्ता दिनेश परियारले धादिङपोष्टलाई बताए ।