वालुवा तस्करका आँखा वुढीगण्डकी डुवान क्षेत्रमा

Avatar photo
Dhadingpost
सोमवार, पुस २३, २०७५

धादिङ पुस २३ । धादिङ र गोरखाको वुढीगण्डकी डुवान क्षेत्रमा वालुवा तस्करका आँखा पुग्न थालेको छ । अवैध रुपमका वुढीगण्डकी जलविद्युत आयोजनाले खरिद गरेको जग्गामा वालुवा खानी तथा वालुवा प्रशोधन केन्द्र संचालन गरि रहेका अवस्थामा प्रहरीले छापा मारेको छ ।

अबैधरुप वालुवा खानी तथा वालुवा प्रशोधन केन्द्रमा संचालनमा आए सँगै जग्गाको मुआव्जा वुझेर बसेका स्थानीयवासीहरुको कमाईको श्रोत वालुवामा पनि थपिएको पाईएको छ । आयोजना मातहत गैसकेको जग्गामा विभिन्न स्थानमा ८ वटा वालुवाखानी संचालन गरेर दैनिक ५ सय टिप्पर वालुवा वेचविखन गरि रहेको गुनासो आए पछि प्रहरीले छापा मारेको हो ।

अबैध वालुवामा ककस्को लगानी

जनप्रतिनिधी, वार्डअध्यक्ष र सदस्यहरु, जिल्ला स्थित स्थानीय गैससका संचालकहरु, होटल व्यवसायीहरु समेत लगानीमा विगत १ वर्ष देखिनै अवैध वालुवा खानी तथा दोहन गर्दै आई रहेका छन् ।

कार्वाही प्रक्रिया

अबैध रुपमा संचालनमा आएका वालुवा खानी तथा वालुवा प्रशोधन केन्द छापा मार्न उक्त स्थल पुगेका सशस्त्रप्रहरीले उद्योग तोडफोड गर्न लागे पछि तत्काल प्रजिअ भगीरथ पाण्डेलाई फोन गरेका वालुवा तस्करहरुले कार्वाही रोक्न माग गरेका थिए । कार्वाहीकै क्रममा प्रजिअले तोडफोड रोकेर फर्कन निर्देशन दिए पछि सशस्त्र प्रहरी डिएसपी दर्शन वहादुर गिरीको टोली रोकिएको थियो ।

गत वर्षको चैतमा पनि स्थानीय प्रशाासन र जिल्ल वन कार्यालयले पटक पटक छापा मारेर वन्द गराए पनि राजनैतिक दवाव र आर्थिक लेनदेनमा संचालनमै रहेका थिए । गत वर्ष सम्म खानीवाट वालुवा लिएर धुने सामान्य फिरफिरे जडान गरेका वालुवा तस्करहरुले यसपाला ठुला आधुनिक लाखौं मुल्य पर्ने वुमर लगायतका उपकरणहरु जडान गरेका छन् ।

वालुवा प्रशोधन उद्योग संचालन गर्न कम्पनी रजिस्टार कार्यालयमा कम्पनी दर्ता गर्दा अन्य स्थानको लालुपुर्जा पेश गरेका वालुवा व्यवसायीहरुले उद्योग र खानी वुढीण्डकीको नाममा मुआव्जा लिएर नामसारी गरेकै जग्गामा संचालन गरेका छन् । कम्पनी रजिस्टार कार्यालयले वालुवा प्रशोधन तथा धुलाई गर्ने वालुवा खरिद गर्ने दर्तावाला खानीको लिखित सहमती विनानै वालुवा प्रशोधन उद्योग दर्ता गरिएको फेला परेकोछ ।

कहाँ कहाँ छन् बढी बालुवा खानी

ज्वालामुखी गाउँपालिका अन्र्तगत, मस्ते, पिपलटार र वुँकोटघाट, रामपुरवेंसी, मझुवा, तथा गोरखाको वालुवाटार पट्टी एक दर्जन भन्दा वढी अवैध वालुवाखानी संचालनमा छन् ।

बालुवा दोहन गर्दा आयोजनालाई पर्ने असर

प्रस्तावित वुढीगण्डकी जलविद्युत आयोजना वाट करोडौं रकम मुआव्जा लिई सके पछि आयोजनाको अधिनस्थ आएको जग्गा सरकारी नभएर स्वतः व्यक्तिको सम्पती सरह हुने र स्वीकृत वेगर आयोजनास्थलको वालुवा र जंगलको काठ वेच्नु सरासर कानुन विपरित रहेको आयोजना प्रमुख कृष्ण कार्कीले वताएका छन् ।

आयोजना प्रमुख कार्कीका अनुसार नदी किनारका सवै वालुवा खानी र गिट्टी वेच्दै गए आयोजनालाई आवस्यक पर्ने परिणामको निर्माण सामाग्री कता वाट खरिद गर्ने र आपुर्ती गर्ने ? यसवारे स्थानीय निकाय चनाखो हुनु पर्नेमा उल्टै दोहनकारीलाई सघाएको आरोप लगाएका छन् ।

स्थानीयवासीहरुले जग्गाको वर्गाीकरण अनुसार प्रतिरोपनी कम्तीमा ५ लाख २५ हजार देखि ८ लाख ३५ हजार सम्म रकम मुआव्जा लिई सकेका छन् । वालुवाव्यापारीहरु भने उचित पुर्नवासको व्यवस्थापन नहुन्जेल वालुवा वेच्न पाउनु पर्ने दावी गर्दै आएका छन् ।