साहित्यको नोबेल पुरस्कार बिजेता वीएस नायपालको निधन

Avatar photo
Dhadingpost
साउन २७, २०७५

काठमाडौं, साउन २७ । साहित्यको नोबेल पुरस्कार विजेता वीएस नायपालको ८५ वर्षको उमेरमा लण्डनस्थित आफ्नै घरमा निधन भएको छ ।

उनलाई सन् २००१ मा साहित्य तर्फको नोबेल पुरस्कारले सम्मानित गरिएको थियो । पुरस्कार पाएपछि सम्बोधनका क्रममा उनले आफ्ना पुर्खा नेपालबाट आएको हुनसक्ने बताएका थिए ।