एजेन्सी असार, ६ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदलाई राजनीतिक पूर्वाग्रह थुपार्ने खाल्डोको संज्ञा दिदै अमेरिकाले बाहिरिएको घोषणा गरेको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा २००६ मा स्थापना भएको परिषदले मानवअधिकार सम्वन्धमा प्रश्न गर्न सकिने देशहरुलाई समेत सदस्य बनाएको भन्दै आलोचना हुदैआएको छ ।
उता, इजरायले भने अमेरिकी निर्णयको सह्राना गरेको छ । यद्यपी अधिकारकर्मीहरुले परिषदबाट वाहिरिने अमेरिकी निर्णयले विश्वभर हुने मानवअधिकारको दुरुपयोग रोक्नका लागि हुने निगरानी तथा समाधानको प्रयासमा प्रभाव पर्नसक्ने बताएका छन् ।
राष्ट्रसंघीय मानवअधिकार आयुक्त जिद राद अल हुसेनले अमेरिकी निर्णय निराशाजनक तथा आश्चर्यजनक नभएको प्रतिकृया दिनुभएको छ ।
राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले पाखण्डी र आफ्नै मात्रै सेवामा केन्द्रित निकायले मावन अधिकारलाई मजाक बनाएको आरोप लगाउनु भयो ।
इजरायलप्रति मावनअधिकार परिषद संधै पूर्वाग्रही हुने गरेको भन्दै राजदुत हेलिले बाहिरिने विषयमा पुर्न्विचार गरिरहेको अघिल्लो वर्ष पनि बताउनुभएको थियो ।
