अफगानिस्तानमा वम विष्फोट गराउँदा २० जनाको मृत्यु

Avatar photo
Dhadingpost
असार ३, २०७५

जलालावाद, ३ असार । अफगानिस्तानमा एक जना आत्मघाति आक्रमणकारीले वम विष्फोट गराउँदा शनिबार २० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् ।

प्रान्तीय गभर्नरका प्रवक्ता अतुल्लाह खोग्यानीले घटनाको पुष्टि गर्दै भन्नुभयो, “युद्धविरामका समय गराइएको आत्मघाती विस्फोटका कारण २० जनाको मृत्यु भएको छ भने १६ जनाभन्दा बढी घाइते भएका छन् ।”

घटनामा कम्तीमा १६ जना घाइते भएका छन् । पूर्वी नानगाहर प्रान्तको रोदात जिल्लामा भएको घटनामा घाइते भएका सबैजनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।