जी–७ को साझा दस्तावेजमा अमेरिकाको असहमति

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०७५

काठमाडौं, जेठ २७ । जी–सेभेन सम्मेलनबाट जारी साझा दस्तावेजमा आफूले अनुमोदन गरेका विषयबाट अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प पछि हटेका छन् ।

ट्रम्पले क्यानडाले बेइमान गरेको आरोपसमेत लगाएका छन् ।

त्यसको जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै क्याडाका प्रधानमन्त्री ट्रुडोले गलत र बेइमानी गरेको बताएका छन् । उनले अमेरिका जी–सेभेनको साझा वार्तामा सहभागी नहुने घोषणासमेत गरे ।

ट्रम्पले अरु देशहरुले अमेरिकामाथि भारी शुल्क लगाएर लुटिरहेको बताए । जी सेभेनको बैठकबाट बाहिरिँदै उनले भने,‘अमेरिका एक पिगी बैंक जस्तो हो, जसलाई सबैले लुटिरहेका छन् ।’

अमेरिकाको तर्फबाट आल्मुनियम र स्टिलमा भारी शुल्क लगाएपछि जी सेभेन बैठकले ‘नियममा आधारित व्यापार प्रणाली’मा जोड दिएको छ । बैठकका निर्णय क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सार्वजनिक गरेका थिए ।
त्यसलगत्तै उनले अमेरिकाको आयात शुल्कको जवाफमा एक जुलाईदेखि अतिरिक्त शुल्क लगाउने घोषणा गरे ।