
काबुल, जेठ १८ । युद्धविरामबारे छलफल गर्न तालिबानले अफगान अधिकारीसँग गोप्य बैठक गरेको अमेरिकी सेनाले जनाएको छ ।
अफगान राष्ट्रपति असरफ घानीले तालिबानसँग फेब्रुअरीमा वार्ताको प्रस्ताव राखेका थिए । त्यसबेला तालिबानले प्रस्तावबारे कुनै प्रतिक्रिया दिएको थिएन । फेब्रुअरी महिनामा वार्ताको प्रस्ताव गर्दैगर्दा अफगान राष्ट्रपति घानीले तालिबानले युद्धविराम स्वीकार गर्दै देशको संविधानलाई अपनाए राजनीतिक दलको पहिचान दिन तयार रहेको बताएका थिए ।
वार्ताको प्रस्तावपछि पनि दुवैतर्फ क्षतिका हिंसात्मक घटनामा वृद्धि भइरहेका थिए । वार्तामा बस्न अफगान सरकारले विगतमा गरेको कैयौं प्रस्ताव तालिबानले अस्वीकार गर्दै आएको थियो ।
वार्ताको प्रस्तावपछि पनि दुवैतर्फ क्षतिका हिंसात्मक घटनामा वृद्धि भइरहेका थिए। वार्तामा बस्न अफगान सरकारले विगतमा गरेको कैयौं प्रस्ताव तालिबानले अस्वीकार गर्दै आएको थियो ।
कुल जनसंख्याको आधा अर्थात् लगभग एक करोड ५० लाख मानिस तालिबानको खुला उपस्थिति रहेको र नियमित रूपमा उनीहरुले आक्रमण बढाइरहेको वा उनीहरुको नियन्त्रणमा रहेको क्षेत्रमा बस्ने गरेको अनुमान गरिएको । तालिबान र आइएसले जिम्मेवारी लिएका काबुल र अन्य स्थानमा पछिल्ला महिनामा भएका आक्रमणहरुमा कयौं मारिएका छन् र तिनले देशको राजधानीको केन्द्र भागमा समेत आक्रमण गर्न सक्ने तालिबानको क्षमता रहेको देखाएको छ ।
मध्यम र उच्च तहका तालिबान अधिकारीहरु सहितवार्ता भएको बताए पनि उनले वार्तामा को को सहभागी थिए भन्नेबारे भने नखुलाएको बिबिसीले जनाएको छ ।
सन् २०१४ मा विदेशी फौजले अफ्गानिस्तान छाडेयताकै सबभन्दा धेरै भूभाग अहिले तालिबान विद्रोहीको नियन्त्रणमा रहेको बिबिसीद्वारा जनवरी महिनामा गरिएको अनुसन्धानले देखाएको छ ।
राजधानीमै हमला गर्न सक्ने आफ्नो क्षमता देखाउने गरी लडाकुहरुले बुधबार काबुलस्थित आन्तरिक मामिला मन्त्रालयमा आक्रमण गरेका थिए भने लोगार प्रान्तको राजधानीस्थित एउटा प्रहरी कार्यालयमाथि गरेको आक्रमणको पनि उनीहरुले जिम्मेवारी लिएका छन् । यसैबीच अमेरिकाले हेलमन्ड प्रान्तमा विद्रोहीविरुद्ध आक्रमण गरेको पुष्टि गरेको छ । जसमा ५० जनाभन्दा बढी हताहत भएका थिए। पचास वर्ष लामो गृहयुद्ध शान्ति सम्झौतामा पुगेर टुंगिएको कोलम्बियाको अवस्थासँग तुलना गर्दै अमेरिकी जनरल निकोल्सनले हिंसा र प्रगति सँगसँगै हुनसक्ने धारणा राख्दै तालिबान र अफगान सरकारबीच वार्ता भएको खुलासा गरेका हुन् ।
