एजेन्सी, जेठ १३ । उत्तर कोरियाका नेता किम जोङ उनले कोरियाली प्रायद्वीपको निशस्त्रीकरण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने आफ्नो प्रतिबद्धतालाई पुन निश्चित गरेको छ ।
किम र मुनबीच हिजो शनिबार आकस्मात् दोस्रो भेटवार्ता भएको थियो ।
दुई कोरियाबीचको डिमिलिट्राइज क्षेत्र पान्जिमुनमा भएको उक्त भेटघाटले उत्तर र अमेरिकी शिखर वार्ताको सम्भावनालाई पुनः मार्गमा ल्याउने अपेक्षा गरिएको छ ।
दुई राष्ट्रप्रमुखबीचको दोस्रो वार्ता उत्तर र अमेरिकाबीचको १२ जुनको अनिश्चित बैठक सफलतापूर्वक टुङ्गो लाग्नुपर्ने भन्ने विषयको छलफलमा केन्द्रित रहेको राष्ट्रपति मुनले सियोलस्थित पत्रकार सम्मेलनमा भने । अमेरिकी राष्ट्रपति ट्रम्पसँग वासिङटनमा भेटेर बिहीबार विहान देश फिर्ता आएका मुनले उत्तर र अमेरिकाबीचको वैमन्यस्ताको अन्त्य गरेर द्विपक्षीय आर्थिक समन्नवय कामय गर्न ट्रम्पको पनि दृढ इच्छा रहेको सन्देश व्यक्त गरे ।
त्यस्तै शनिबार भेनेजुएलाको जेलबाट फुकुवा भएका दुई अमेरिकी कैदीहरुसँगको ह्वाइट हाउसमा भेटवार्ता गर्ने क्रममा ट्रम्पले पत्रकारहरुसँग १२ जुनको वार्ताको लागि आफूपनि आशावादी रहेको बताउँदै वार्ता भएमा स्थान र मिती यथावत् रहने बताएका छन् ।