एजेन्सी, जेठ ९ । सन् २०१८ मा रसियामा हुने विश्वकपका लागि अर्जेन्टिनाले अन्तिम २३ सदस्सीय खेलाडीको सुची निकाली सकेको छ ।
अर्जेन्टिनाका पहिलो रोजाइ गोलरक्षक सर्जियो रोमेरो घाइते भएका छन् । उनलाई खुट्टामा चोट लागेको छ ।
तर, विश्वकपमा खेल्ने पक्कापक्की भएता पनि उनी चोटका कारण खेल्न नसक्ने भएका छन् । उनले तत्कालै अप्रेशन गर्नु पर्ने भएकाले उनी केही महिना मैदानबाहिर नै रहने बताइएको छ ।
सन् २०१४ को विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्मको यात्रा गराउन उनी सफल भएका थिए ।
प्रशिक्षक सामपाओलीले नयाँ गोलरक्षकको निर्णय छिट्टै लाग्ने बताएका छन् । अर्जेन्टिनाका अन्य गोलरक्षकमा विली काभालेरो र अर्मानी रहेका छन् ।
उनी रसियामा हुने विश्वकप नखेल्ने पक्का भएको छ । एफए कपको फाइनल खेलमा उनले खेल्ने सम्भावना उत्तिकै थियो तर म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले उनी फिट नभएको भन्दै खेल्ने मौका दिएनन् ।