धादिङ बैशाख २० । धादिङको विभिन्न ठाउँहरुमा किवि खेती सुरुभएको छ । नेपालमा राम्रो सम्भावना बोकेको किवी खेती उत्पादन भने धादिङमा सुरुभएको छैन ।
बोटमा लहरामा झुण्डिएको शैलीमा फल्ने बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ ।
किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो ।
क्यालीफोर्नीया बिश्वबिद्यालय,ओस्लो बिश्व बिद्यालय,र पुर्दे बिश्वबिद्यालय समेतले प्रकाशित गरेको अनुशन्धान प्रतिवेदन अनुसार यस फलमा प्रशस्त मात्रामा भीटामीन सि, भीटामीन बी १२, भीटामीन बी ६, आइरन एंव एमिनो एसिड, प्रोटिन, जिङ्क, ओमेगा ३ र एण्टि अक्सिडेन्ट तत्व समेत प्रचुर मात्रामा पाइन्छ ।
जुन हाम्रो शरिरको बृद्दी बिकासको लागि ज्यादै महत्वपूर्ण हुन्छ । यस फलको नियमित सेवन बाट मुटु रोग,दम, क्यान्सर अल्सर, आँखा र छाला सम्बन्धि रोगको उपचारमा समेत मद्यत पुर्याउदछ । अन्तराष्ट्रिय बजारमा ज्यादै ख्याति कमाउन सफल भएको मलेशियामा कारखाना रहेको म्ह्ल् नामक कम्पनिले यस फलको रासायनिक र मेडिकल परीक्षण गरी परिणाम जानकारीमा ल्याए पश्चात यसको महत्व अझ धेरै बढेको पाइन्छ ।
बाह्र किसिमका फलफूलको स्वाद र १७ किसिमका भटिामीन एंव अन्य खनिज तत्वहरु पाइने किविमा १०० ग्राम किवी फल बराबर ४ दाना कागती, १७ दाना स्याउ , २ दाना सुन्तला, ८ कोसा केरा, वरावरको हुने भिटामिन सि लगायत भिटामीन एंव अन्य तत्वहरु यस फलमा एकमूष्ट रुपमा पाइन्छ ।
एक रोपनी जमिनमा १५ वटा सम्म किवि फलको विरुवा लगाउन सकिन्छ । विरुवा लगाएको पहिलो वर्ष २ पटक मल र ४–५ पटक गोडमेल गरेर पुग्ने यो फल ताजा फलफुल मध्ये विश्वकै नयाँ र महँगो फल हो ।
विरुवा लगाएको २–३ बर्ष देखि उत्पादन सुरु गर्ने किविको बिरुवाले करिब ४० देखि ६० बर्ष सम्म नै निरन्तर उत्पादन दिने गर्दछ । सातौँ बर्ष देखि किविले राम्रो गुणस्तर सँगै उत्पादन पनि एउटै बिरुवाले ५० देखि १०० किलो सम्म फल फलाउँछ ।
प्रचिन एतिहास: यो फललाई २० औं शताव्दी को शुरु तिर चाइनामा सुसमाचारिय कार्यमा आइपुगेकी वाङ्गगाउई कन्या कलेजकी प्रिन्सिपल ईसाई धर्मावलम्वी म्यारी ईसावेल फ्रासरले सर्बप्रथम यसको बिरुवा न्यूजिल्याण्ड लगि खेती गरेको पाइन्छ ।
प्रथम र दोस्रो बिश्वयुद्य पश्चात चाइनिज नाम बाट त्यस समयमा यूरोप, अमेरिका आदि मुलुकहरुमा बिक्री वितरण गर्न कठिनाइ परेकोले न्यूजिल्याण्ड कै राष्ट्रिय चराको नाम संग मिल्ने गरी यस फलको नयां नाम किवी फल भनि नामाकरण गरिएको देखिन्छ ।
व्यवसायिक रुपमा सन् १९४० देखि विश्वमा यसको खेती शुरु भयो । यस फलको बैज्ञानिकले सन् १९७४ मा किवि नामाकरण गरियो । नेपालमा २०५९ सालबाट नुवाकोट, काभ्रे एंव दोलखाका केही चेतनशील ब्यक्तिहरुले यस फलको खेतीको शुरुवात गरेको पाइन्छ भने हाल व्यवसायीक खेती सुरुवात गरिएको पाइन्छ ।
खेती प्रविधि र लगाउने विधि
२ फीटको खाडल खनेर मल र माटोको मिश्रण राख्ने । त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।, हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।, स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने ।
यो पनि पढौं
धुवाँकोटमा किवि, भुँई स्याउ पछि १६५ रोपनी जग्गामा कफि रोपिदै (फोटो फिचर)