राष्ट्रिय फोटो पत्रकारिता दिवस २०७५ को सूचना

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १२, २०७५

यहि बैशाख १३ गते बिहिबार नेपाल फोटो पत्रकार महासंघले राष्ट्रिय फोटो पत्रकारिता दिवस २०७५ को अवसरमा विगत वर्षहरुमा झैँ यस वर्ष पनि “सत्य समाचार, फोटोपत्रकारिता नै अन्तिम आधार” भन्ने नाराका साथ आयोजना हुने प्रभातफेरि र राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ वितरण समारोह देहायको मिति, स्थान र समयमा हुने भएकाले धादिङका सम्पूर्ण फोटो पत्रकारहरुलाई कार्यक्रममा सहभागिताको लागि अनुरोध गर्दछु ।
कार्यक्रम
१. प्रभातफेरि
मिति:-२०७५ बैशाख १३ विहीबार
स्थान:- भृकुटीमण्डप, प्रदर्शनीमार्ग
समय:- विहान ७ बजे

२. राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ वितरण समारोह
मिति:- २०७५ बैशाख १३ विहीबार
स्थान:- आर्मी अफिसर्स क्लव, भद्रकाली
समय:- अपरान्ह ३:३० बजे

नारायण सिलवाल
अध्यक्ष
फोटो पत्रकार जिल्ला संघ धादिङ